Skip to main content
अर्थतन्त्रBizmandu

नेपालको समृद्धिको नयाँ मार्गचित्र : विप्रेषणमुखी अर्थतन्त्रबाट उत्पादनमुखी राष्ट्र निर्माणसम्म

Read the full story at Bizmandu

प्राकृतिक स्रोत, युवा जनशक्ति र आर्थिक सम्भावनाले सम्पन्न नेपालले अब अपभोग र आयातमा आधारित अर्थतन्त्रबाट उत्पादक, उत्पादकत्व, प्रविधि र निर्यातमा आधारित दिगो विकासको बाटो रोज्नुपर्ने समय आएको छ। नेपाल आज आफ्नो आर्थिक इतिहासको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। राजनीतिक परिवर्तनका अनेक चरण पार गरिसकेको देशले अब आर्थिक रुपान्तरणलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राख्नुपर्ने आवश्यकता झन् स्पष्ट हुँदै गएको छ।

राजनीतिक अधिकार, लोकतान्त्रिक व्यवस्था र संघीय संरचनाको संस्थागत विकाससँगै नागरिकको जीवनस्तर सुधार, उत्पादनशील रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता आजका प्रमुख राष्ट्रिय चुनौती बनेका छन्। नेपाल प्राकृतिक स्रोतको सम्भावना, जलविद्युत्, पर्यटन, कृषि विविधता र युवा जनशक्तिका दृष्टिले उल्लेखनीय अवसर भएको देश हो। तर, यस्ता सम्भावनालाई वास्तविक आर्थिक समृद्धिमा रुपान्तरण गर्ने हाम्रो क्षमता अझै सीमित छ।

देशमा उपभोग बढेको छ, बैंकिङ प्रणाली विस्तार भएको छ, विदेशी मुद्रा सञ्चिति बलियो बनेको छ, तर स्वदेशी उत्पादन, औद्योगिक प्रतिस्पर्धा र गुणस्तरीय रोजगारी अपेक्षित रुपमा विस्तार हुन सकेका छैनन्। यसैले आजको मूल प्रश्न नेपालसँग स्रोतसाधन छ कि छैन भन्ने होइन। वास्तविक प्रश्न हो, उपलब्ध स्रोत, श्रम, पुँजी र प्रविधिलाई उत्पादनशील आर्थिक शक्तिमा कसरी रुपान्तरण गर्ने?