सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत चतरा–मूलघाट–सुभाङखोला सडक योजना धरान सुनसरीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
तमोर कोरिडोर सडक योजनाको उक्त खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने ठेक्का एम/एस एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालि, मैतीदेवी, काठमाडौंले पाएको थियो । योजनाले आज जारी गरेको सूचनामा पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि निर्माण व्यवसायीले लामो समयदेखि सम्झौताबमोजिम काममा प्रगति नगरेको र काम सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएकाले स्पष्टीकरण माग गरेको उल्लेख छ । आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) र ठेक्का सम्झौतामा उल्लिखित व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
निर्धारित १५ दिनभित्र सम्झौताअनुसार काम सम्पन्न नगरेमा वा काममा भएको ढिलाइबारे चित्तबुझ्दो लिखित स्पष्टीकरण नदिएमा ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
More business
- बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तNepal Khabar
- बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउNepal Khabar
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेटOnlinekhabar (Nepali)
- जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदन, अव्यवस्थित बसोबासी ४१ हजारBizmandu