Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

Read the full story at Onlinekhabar (Nepali)

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

२३ कात्तिक, खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली फर्किएको हो ।

प्रख्यात गत कात्तिक ४ गतेदेखि ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका–६ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोशीस्थित जयरामबाट सम्पर्कविहीन बनेको बुवा प्रकाशहरि क्याम्पा राईले बताए । साँस्कृतिक कार्यक्रममा जाने भन्दै हिँडेपछि सम्पर्कविहीन बनेका प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी वल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी नायव निरीक्षक प्रकाश ढकालको नेतृत्वमा चार जना गोताखोरसहित नौ जनाको टोली परिचालित भएका थिए । जयरामदेखि दूधकोशीको सम्भावित क्षेत्रमा कात्तिक २१ र कात्तिक २२ गते खोजी गर्दा नभेटिएपछि गोताखोरको टोली फर्किएको स्थानीय हुकुमसिंह राईले बताए ।

सशस्त्र प्रहरीले नेपाल प्रहरी, बेपत्ता युवाको परिवार, आफन्त तथा जनप्रतिनिधिको उपस्थितिमा जयरामदेखि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवासम्म खोजी गरेका थिए । मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा जाने भन्दै राति साढे ९ बजे घरबाट हिडेका प्रख्यात हालसम्म बेपत्ता छन् ।