Skip to main content
अर्थतन्त्रBizmandu

सन्दीपको सानदार प्रदर्शनमा विराटनगर विजयी, प्लेअफको होडबाट बाहिरियो पोखरा

Read the full story at Bizmandu

काठमाडौं। पोखरा एभेन्जर्स विराटनगर किंग्ससँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा विराटनगरसँग ४ विकेटले पराजित भएसँगै पोखरा प्लेअफको होडबाट बाहिरिएको हो। पोखराले जारी सिजन ६ खेल खेल्दा ५ वटामा हार व्यहोर्दै २ अंकमात्रै बनाएको छ। अब, उसले अन्तिम खेल जिते पनि ४ अंकमात्रै बनाउन सक्छ। तालिकामा पाँच टोलीको चार भन्दा बढी अंक छ।

यस्तोमा पोखरा आधिकारिक रुपमै तेस्रो संस्करणमा पनि प्लेअफ नखेल्ने पक्का भएको हो। अर्कोतर्फ विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ। विराटनगरका वसीर अहमद। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको पोखराले १७.५ ओभरमा अलआउट हुँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले ६ विकेट गुमाएर १९.२ ओभरमा लक्ष्य भेट्टायो। विराटनगरलाई लक्ष्यसम्म पुर्‍याउन बसीर अहमदले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बमले ३३ तथा इसुरु उडानाले अविजित २५ रन बनाए।

बलिङमा पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ तथा विपिन खत्री र धनन्जय लक्षनले समान १ विकेट लिए पनि पोखरालाई जोगाउन सकेनन्। इनिङ्सको बीचमा भारतीय पूर्वक्रिकेटर इरफान पठान स्टेडियममा पुगेका थिए। त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। पोखराको ब्याटिङ धराशायी बनाउन विराटनगरका कप्तान सन्दीप लामिछानले ह्याट्रिकसहित ६ विकेट लिए।