हाम्रो घर कहाँ बन्छ, कहिले सर्न पाइन्छ?
Read the full story at Himal Khabar

पुनर्वासको प्रष्ट खाका नटुंगिँदा रसुवा बाढीबाट विस्थापित परिवारलाई कहाँ, कसरी बस्ने भन्ने अनिश्चयले पिरोलेको छ। भूकम्पपछि ११ वर्ष सुरक्षित बसोबास कुरेर पनि नपाएका परिवार यस पटक पनि ओत लाग्ने स्थायी छानो पाउन वर्षौं कुर्नुपर्ने संशयमा छन्। पूर्ण घले परिवार र नातेदारसँग रसुवाको माझगाउँस्थित एउटा संस्थाको भवनमा आश्रय लिइरहेका छन्। उनको परिवारलाई तत्कालको ओत मिले पनि त्यसपछि कहाँ जाने भन्ने टुंगो छैन। २०८३ भदाै १० गतेको रसुवा बाढीले खाल्टेबाट उनका बुबा, एक छोरा, भाइकी श्रीमती र भान्जासहित आफन्तलाई बगायो।
बचेका परिवारका सदस्य अहिले सँगै छन्। तर, यो बसाइ कति समय धानिन्छ भन्ने उनलाई थाहा छैन। “अहिलेलाई जेनतेन बसिरहेका छौं, सधैं यसरी चल्दैन,” घले भन्छन् “कहाँ गएर ओत लाग्ने भनी छटपटी हुन्छ। ” नुवाकोट, पिपलटारका कोदोबारीमा टाँगिएका त्रिपाल (टेन्ट) मुनि ७५ परिवार बसिरहेका छन्। तिनैमध्ये छेकु लामाको परिवार पनि छ।
रसुवाको खाल्टेबाट विस्थापित उनका लागि घर पाउने आश्वासन नयाँ होइन। २०७२ सालको भूकम्पपछि सुरक्षित बसोबास कुर्दै त्रिशूली नदी किनारको टहरामा लामो समय बिताएका उनकाे घर पाउने सरकारी आश्वासनप्रति विश्वास धर्मराएको छ। “११ वर्षदेखि सरकारले घर दिने भनेर झुक्याइरह्यो,” उनी आरोप लगाउँछन्, “अहिले पनि त्यस्तै हुन्छ कि भन्ने डर छ।
More politics
- काठमाडौंमा अल्टिमा लाइफस्टाइलको खुद्रा सञ्जाल विस्तारNepal Khabar
- आज पनि मन्त्रिपरिषद् बैठक बस्दैNepal Khabar
- बिग मुभिजमा बारको फोरके आरजीबी लेजर प्रोजेक्टर जडानNepal Khabar
- प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङNepal Khabar
- सवारी दुर्घटना: ६ जनाको मृत्यु, १२६ घाइतेNepal Khabar
- दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णयNepal Khabar