Skip to main content
समाजNagarik News2 outlets covering

लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

Read the full story at Nagarik News

लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलबाट ७ सय मिलिग्राम खैरो हेरोइनसहित कैलाश गाउँपालिका-१० घर भई डेरा बस्ने २२ वर्षीय बिनोद थिङसहित चार जनालाई प्रहरी चौकी चौकीटोलले सोमबार साँझ पक्राउ गरेको छ।

यस्तै, हेटौंडा-२ लोकप्रिय मोडबाट १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित बागमती गाउँपालिका-६ फापरबारीकी २५ वर्षीया रूपा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लियो। बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २० वर्षीय समोहित परियार पक्राउ परेका छन्। यस्तै, गुलरियाकै बाइपास रोडबाट २ सय मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका-२ की २३ वर्षीया दिपिका वलीलाई प्रहरी चौकी महम्मदपुरले नियन्त्रणमा लिएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित सोही ठाउँका ४२ वर्षीय लक्ष्मण राईसमेत दुई जनालाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ।