वित्तीय क्षेत्रमा सरकारले एकैपटक गर्यो ठूला नियुक्तिः बीमा, नेप्से र कोषले पाए नेतृत्व
Read the full story at Bizmandu
काठमाडौं। सार्वजनिक निकायमा सरकारले एकपछि अर्को ठूला नियुक्ति सुरु गरेको छ। सार्वजनिक/संगठित संस्थामा एकै पटक ठूलो संख्यामा नियुक्ति खारेज गरेको सरकारले पछिल्लो समय नियामकसहितका विभिन्न निकायको नियुक्तिलाई प्राथमिकता राखेको छ। सरकारले मंगलबार र बुधबार सुरक्षा तथा वित्तीय क्षेत्रमा महत्वपूर्ण नियुक्ति गरेको छ। विवादबीच नेपाल प्रहरीको नेतृत्व फेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा प्रहरी महानिरीक्षकमा डा. मनोज केसी नियुक्त भएका छन्। बहालवाला प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको छ। यस्तै मन्त्रिपरिषदको मंगलबारको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। थापा नेपाल राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक समेत हुन्।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबारको मन्त्रिपरिषदको बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष थापा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ समेत गराएका छन्। २०८२ भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएसँगै प्राधिकरण अध्यक्ष नियुक्त भएको थिएन। लामो समय नियुक्ति प्रक्रिया अघि नबढेपछि सरकारले २०८२ माघ १२ गतेको निर्णयबाट बहालवाला सचिव चन्द्रकला पौडेललाई अध्यक्षका रुपमा कामकाज गर्न तोकेको थियो।
More politics
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar