Skip to main content
खेलकुदThaha Khabar

पोल्याण्डमा गोली प्रहारबाट ६ जनाको मृत्यु

Read the full story at Thaha Khabar

पोल्याण्डमा गोली प्रहारबाट ६ जनाको मृत्यु

काठमाडौं : पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोको मुख्य बजार क्षेत्रमा भएको गोली प्रहारको घटनामा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार दिउँसो सैन्य पोसाक र हतियारसहित आएका २५ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीसँगको दोहोरो गोली हानाहानमा आक्रमणकारी घाइते भएका छन्।

घटनामा दुई प्रहरीसमेत घाइते भएका छन्। प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमणकारीको घरमा थप तीन शव फेला परेको जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारी अतिवादी दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए।

घटनापछि क्राकोमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकको सम्झनामा नोभेम्बर ११ सम्म शोक घोषणा गरिएको छ।