Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

Read the full story at Onlinekhabar (Nepali)

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्। २१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् ।

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शाहीले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई प्राथमिकता दिएर आवश्यक प्रशिक्षण, खेल सामग्री र व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रतियोगितामा सहभागी हुने औपचारिकता पूरा गर्नेभन्दा पनि खेलाडीले प्रतिस्पर्धामा नतिजा निकाल्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि आवश्यक बजेटको अभाव हुन नदिने उनले प्रतिबद्धता जनाएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले पहिलो चरणमा ब्याडमिन्टन र ह्यान्डबल खेलको बन्द प्रशिक्षण सुरु गर्न लागिएको जानकारी दिए।