अन्तिम ओभरमा काठमाडौंले जित्यो एकतर्फी हुने देखिएको खेल, १० खेलपछि लुम्बिनी पराजित
Read the full story at Bizmandu
काठमाडौं। लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौंले ३६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रामा ब्रेक लगाएको हो। दोस्रो संस्करण र यो संस्करण गरी लुम्बिनी १० खेलमा अपराजित थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९.३ ओभरमा १२४ रन बनाएर अलआउट भयो।
आक्रोशित रोहित पौडेल। काठमाडौंले सानदार सुरुवात गरेर औशत फिनिसिङ गर्दा लुम्बिनीले चाहीँ लज्जास्पद सुरुवात गरेको बलियो फिनिस गर्न सफल भयो। भलै, उसले खेल गुमायो। १६१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ४.३ ओभर पुग्दा २८-६ को निक्कै अफ्ठेरो स्थितिमा पुगिसकेको थियो। शीर्षक्रम र मध्यक्रम कोल्याप्स्ड भए पनि तल्लो क्रममा आएका सन्दीप जोराले इनिङ्सलाई अघि लगे। उनले ४५ बलमा ३ चौकाको सहायतामा ४४ रन बनाए।
उनीबाहेक तल्लो क्रमकै अभिषेश गौतमले १६, शेर मल्लले १२ तथा रुबेन ट्रम्पलमेनले ११ रन बनाए। दीलिप नाथ बोल्ड आउट भए। बलिङमा काठमाडौंका जहानदाद खानले ४ विकेट लिँदा करण केसीले २ तथा साहब आलम, सन्तोष यादव, राशिद खान र शेहान अरागिचेलले समान १ विकेट लिए। त्यसअघि काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो।
More sports
- बंगलादेशी क्रिकेटर शकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्नेNepal Khabar
- Abhijeet Dipke in Kochi: ‘Modi can never match Gandhi, Nehru, Ambedkar’The Hindu
- १० खेलसम्म कसैले हराउन सकेन, अन्ततः काठमाडौंले तोड्यो लुम्बिनीको अपराजित यात्राSetopati
- 'Always found her way to the finish line': Family releases obituary for NYC Marathon runner Rachel Apa who died from rhabdomyolysisTimes of India
- Nations League: Zinedine Zidane balances surprise and continuity in his second rosterFrance 24
- Al Jazeera tries out martial art wushu at Youth OlympicsAl Jazeera