Skip to main content
खेलकुदSetopati

१० खेलसम्म कसैले हराउन सकेन, अन्ततः काठमाडौंले तोड्यो लुम्बिनीको अपराजित यात्रा

Read the full story at Setopati

१० खेलसम्म कसैले हराउन सकेन, अन्ततः काठमाडौंले तोड्यो लुम्बिनीको अपराजित यात्रा

साविक विजेता लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपिएल) मा १० खेलसम्म कायम रहेको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै उसको अपराजित यात्रामा ब्रेक लगाएको हो। लुम्बिनीको ब्याटिङ सुरुवातदेखि नै धराशायी बन्यो। पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेको लुम्बिनीले पावरप्लेभित्रै ६ विकेट गुमाएको थियो। पहिलो ६ ओभरमा टोलीले ३४ रन मात्रै बनाउन सक्यो। ओपनर डार्सी सर्ट ४ र आशिफ शेख १ रनमा आउट भए।

निरोसन डिक्वेलाले ७ बलमा १४ रन बनाए पनि टिक्न सकेनन्। कप्तान रोहितकुमार पौडेल खाता नखोली फर्किए। दिलीप नाथ र ग्रान्ट स्टेवार्ट पनि सस्तैमा आउट भएपछि लुम्बिनी २८ रनमा ६ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो। त्यसपछि सन्दीप जोराले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ४५ बलमा ३ चौकासहित ४४ रन बनाए। तर अर्को छेउबाट उनलाई पर्याप्त साथ मिलेन।

रुबेन ट्रम्पलमेनले ११ र अभिषेक गौतमले १७ बलमा १६ रन बनाए। शेर मल्लले १५ बलमा १२ रन जोडे। जोराले आठौं विकेटका लागि गौतमसँग ४६ रनको साझेदारी गर्दै टोलीलाई केही आशा दिलाएका थिए। तर १४.४ ओभरमा गौतम आउट भएपछि लुम्बिनी पुनः दबाबमा आयो। जोराको विकेट १७.४ ओभरमा ९५ रन हुँदा झरेपछि लुम्बिनीको जितको सम्भावना लगभग समाप्त भयो। अन्तिमतिर शेर मल्लले केही प्रतिरोध गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।