परराष्ट्रमन्त्रीको टोली पुग्यो टर्कीएको आन्ताल्या
Read the full story at Thaha Khabar

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएन.एफ.सिसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन्। भोलि नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले भोलि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उहाँले नोभेम्बर ११ र १२ अर्थात कात्तिक २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
More sports
- Property, football and politics: The links between Manchester and Abu Dhabi explainedBBC
- पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासनOnlinekhabar (Nepali)
- झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)Onlinekhabar (Nepali)
- अन्तिम ओभरमा काठमाडौंले जित्यो एकतर्फी हुने देखिएको खेल, १० खेलपछि लुम्बिनी पराजितBizmandu
- Nations League: Zinedine Zidane balances surprise and continuity in his second rosterFrance 24
- Retired tennis star Gaël Monfils named captain of France's Davis Cup teamFrance 24