मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
Read the full story at Onlinekhabar (Nepali)

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना मन्त्रीसँग भेटे । समकक्षी परराष्ट्र सचिव अमृत राईसँग द्पक्षीय मुद्दाहरूमा छलफल गरे । १८ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय सहकार्यका प्राथमिकताबारे छलफल गरेका छन्। विशेष गरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले चासो दिएको छ । प्रधानमन्त्री शाह मंसिर तेस्राे सातासम्म भारत भ्रमणमा जाने तयारी छ। त्यसैको पूर्वतयारीका क्रममा आएका मिश्रीले दिनभर उच्चस्तरीय भेटघाट र छलफल गरे ।
बुधबार बिहान काठमाडौं उत्रेका उनले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय छलफल गरेका छन्। साथै उनले परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग भेटवार्ता गरेका छन्। उनले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट्ने तयारी छ ।
More politics
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टीNepal Khabar
- तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशनNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar