‘सरकारले यसरी नै काम गर्यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’
Read the full story at Onlinekhabar (Nepali)

प्रधानमन्त्रीले चाहेबमोजिम विधेयकहरू पास गराउन सक्नुपर्ने हो। तर जुन ढंगले काम गरिरहनुभएको छ, यसरी नै काम गर्नुभयो भने कि लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न, यो त पक्का छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सात महिना भन्दा बढी भइसकेको छ । १३ चैतमा गठन भएको सरकारको मूल्यांकन अहिले गर्नु छिटो होला । तर बिहानीले दिनको सुरुवात गर्दछ भने जस्तो सरकारका सुरुवाती रुझान कस्तो छ त ?
यो विषयमा वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभामा पूर्वसांसद राधेश्याम अधिकारी सँग अनलाइनखबरका सन्त गाहा मगर ले गरेको संवादको सम्पादित अंशः गत भदौमा रसुवा बाढी आयो । त्यो आपत् बेहोरेको बेलामा कम्तीमा सरकार छ भन्ने अनुभूति गराएकै जस्तो लाग्छ। भलै अहिले त्यहाँका मान्छेहरू असन्तुष्ट भएको खबर आइराखेका छन्। उद्धारका बेला केही गल्ती भएका छन् भने पनि ‘इनोसेन्टली’ भएका गल्तीहरू हुन् भन्ने ठान्छु । जसरी सकिन्थ्यो सरकार तुरुन्तै त्यहाँ पुगेकै हो ।
मान्छेहरूले सामान्य कुराहरूमा धेरै दुःख पाइराख्या थिए । जस्तै तीन-तीन, चार वर्ष लाइसेन्सको खाली त्यो कागजको भरमा हिंडिरहनुपरेको थियो । त्यसलाई सरकारले एउटा समयबद्ध रूपमा घटाउँदै दुई महिना, तीन महिनाभित्रमा पाउने बनाए । अब त्यो पनि घटाएर आजको भोलि नै पाउनुपर्ने बनाउनु पर्ने हुन्छ। त्यसलाई अलिकति समय लाग्ला ।
More politics
- आगामी संसद् बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने !Nagarik News
- ‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’Nagarik News
- Union Minister reviews development projects, educational initiatives at AurovilleThe Hindu
- U.S. midterm elections 2026 LIVE: Democrats vow to rein in Trump as he shows off White House ballroomThe Hindu
- Karnataka government’s fare hike on electric buses questioned as commuters flag diesel price rationaleThe Hindu
- इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकसOnlinekhabar (Nepali)