‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’
Read the full story at Nagarik News

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्। उनले निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्। नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा पक्ष) ले बिहीबार नेपालगन्जमा आयोजना गरेको १५औँ नियमित महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले आसन्न निर्वाचनका लागि सम्भावित उम्मेदवारको पहिचान र छनोटको प्रक्रिया अहिलेदेखि नै अघि बढाउन आग्रह गरे।
आगामी मङ्सिरमा हुने पार्टीको १५औँ नियमित महाधिवेशनको तयारीसँगै स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा पनि जुट्नुपर्ने उनको भनाइ थियो। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले नै आगामी स्थानीय तह निर्वाचनमा देशभरका ७५३ वटै पालिकामा उम्मेदवारलाई टिकट वितरण गर्ने उनले स्पष्ट पारे। ‘त्यो निर्वाचनमा हामीले सफलता प्राप्त गर्न के–के गर्न सकिन्छ, त्यसमा तपाईंहरू अहिलेदेखि नै लाग्नुस्।
तपाईंहरूले नै उम्मेदवार सिफारिस गरेर पठाउनुहुन्छ,’ उनले भने, ‘तथाकथित सानेपा कांग्रेससँग हाम्रो कुनै साइनो छैन। कसलाई उम्मेदवार बनाउने र कसरी जिताउने भन्ने विषयमा क्षमतावान् र नेतृत्व दिन सक्ने साथीलाई उम्मेदवार बनाउन अहिलेदेखि नै सोच्नुस्। तपाईंहरूको सिफारिस जसको आउँछ, उसैले टिकट पाउँछ।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar