काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगर
Read the full story at Nepal Khabar

काठमाडौं गोखार्जका बलर हाबी हुँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो। जारी सिजन बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि जारी सिजनको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो।
विराटनगरका लागि तीन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। विराटनगर एक समय ९.४ ओभरमा ७-३५ को संकटपूर्ण अवस्थामा थियो। लगातार विकेट पतनपछि सम्हालिन नसकेको विराटगरका लागि आठौं विकेटका लागि एन्जेलो म्याथुज र रुपेश सिंहले ३९ रनको साझेदारी गरेपछि सम्मानजनक योगफलतर्फ अघि बढेको थियो। त्यस्तै, लोकेश बम ६, सेहान जयसुर्या पाँच र आन्द्रे रसेल तीन रनमा नै पेभेलियन फर्के।
इमरान शेख, नारायण जोशी र शुभम रजाने शुन्यमा नै आउट भए। काठमाडौंका लागि सन्तोष यादवले तीन विकेट लिए। सहान र जहानदाद खानले समान दुई विकेट लिए। करण केसी, साहब आलम र देव शाहको नाममा समान एक विकेट रह्यो।
More politics
- सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइNepal Khabar
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- मिश्रीले भेटे रविNepal Khabar