ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन
Read the full story at Nepal Khabar

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्। मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठले विभिन्न महाशाखा र शाखामा पुगेर त्यहाँ भइरहेका कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिएका हुन्। अनुगमनका क्रममा उनले सबै शाखाका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा कर्मचारीका गुनासो सुनेका थिए।
साथै, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्। मन्त्री श्रेष्ठले मन्त्रालयमा रहेका महत्वपूर्ण कागजात तथा दस्तावेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापनलाई चुस्त बनाउन र कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार तथा सौन्दर्यकरणमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले सेवाग्राहीबाट प्राप्त जनगुनासो, त्यसको सम्बोधनको अवस्था र आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत ब्रिफिङ लिएका थिए।
मन्त्रालयको कामकारबाहीलाई परिणाममुखी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने तथा प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले अनुगमनलाई प्राथमिकता दिँदै आएका छन्।
More politics
- सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाइNepal Khabar
- महासंघका पूर्वअध्यक्षहरूको आह्वान- प्रेस स्वतन्त्रता र संविधानमाथि हस्तक्षेप बढ्यो, प्रतिवाद गरौँNepal Khabar
- राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामनाNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिश्रीले भेटे रविNepal Khabar