Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस

Read the full story at Onlinekhabar (Nepali)

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस

गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ । इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ ।

गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ । संयुक्त सूचीका ११ सांसदले औपचारिक रूपमा आइजेनकोटको नाम सिफारिस गरेपछि उनलाई संसद्का ६७ सांसदको समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ । सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमतभन्दा यो संख्या बढी हो ।

यता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनसँग ५३ सिट भए पनि सबै सांसदको समर्थन जुट्ने निश्चित छैन । संयुक्त तोराह यहुदी पार्टीका सात सांसदमध्ये चार सिट रहेको डेगेल हातोराहले भने कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने बताएको छ । इजरायल टाइम्सका अनुसार अति रूढिवादी यहुदी समूह नेतान्याहुसँग असन्तुष्ट छ ।