छठको तयारी: गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती सफाइ
Read the full story at Ratopati

काठमाडौँ । छठ पर्वको मुख्य दिनको तयारीका लागि गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी एवं किनार आसपास क्षेत्र सफाइ गरिएको छ । छठ पूजा समिति गुह्येश्वरीले छठ घाट निर्माण अन्तिम चरणमा पुर्याएका बेला राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले आज त्यस क्षेत्रमा सफाइ गरेको हो ।
छठ पर्वको तयारीका लागि गरिएको सफाइबाट नकुहिने फोहर लगभग दुई मेट्रिक टन उठाइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । त्यस क्षेत्रबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको छ । कुहिने फोहर नदीको किनारमा खाल्डो खनी व्यवस्थापन गरिएको पनि उनले सुनाए ।
आजको सरसफाइ कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौड्याल, महानगरपालिका वडा न ९ का वडासदस्य टेकराज अधिकारी, छठ समिति गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरूलगायत सफाइ अभियानकर्मी, स्थानीयवासी र भक्तजनको सक्रियता रहेको थियो । अर्को हप्ता शनिबारको वाग्मती सरसफाइ पनि गुह्येश्वरी मन्दिर अगाडि (फलामे झोलुङ्गे पुलवारि) गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानले आज ७०५औँ हप्ता पूरा गरेको छ ।
More politics
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar
- नयाँ नेतृत्व चयनको स्वीकृति र निलम्बन फुकुवाका लागि एन्फाको आग्रहNepal Khabar