Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

Read the full story at Onlinekhabar (Nepali)

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

यसअघि डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो । यस्तो घटनापछि बोर्डले साइबर सुरक्षाका लागि आईटी नीति लागु गरेको हो ।

बुधबारदेखि नै लागु भएको यस नीतिमा सेयर बजारसँग सम्बन्धित पक्षको सूचना प्रविधि सुरक्षा तथा उदीयमान प्रविधिका विषय समेटिएको छ । बजार कारोबार, राफसाफ तथा फस्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको विपद् पुनःप्राप्ति संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्नुपर्ने विषय समेटिएको छ ।

‘नीतिको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास, विस्तार मार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने रहेको छ’ बोर्डले भनेको छ । बोर्ड, बजार पूर्वाधार संस्था तथा बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल पूर्वाधारलाई सुरक्षित, विश्वसनीय र जवाफदेही बनाउन सूचना प्रविधिसम्बन्धी बाह्यकरण (आईटी आउटसोर्सिङ) कार्यलाई स्पष्ट कानुनी तथा प्राविधिक दायराभित्र ल्याउने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।