उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता
Read the full story at Onlinekhabar (Nepali)

यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ । १८ कात्तिक, काठमाडौं । हवाई यातायात तथा वायुयान पार्टपुर्जा आयात–निर्यात प्रक्रिया सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली ‘नेसनल सिंगल विन्डो’ (एनएनएसडब्लू) सम्झौता भएको छ ।
भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) आयात–निर्यातका लागि आवश्यक नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ । यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।
सम्झौता अनुसार प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेबसर्भिस उपलब्ध गराइ भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदान–प्रदान तथा प्रणाली एकीकरण गर्ने छ । साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, तथ्यांक सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउने छ ।
More business
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- Germany news: Commerce chief calls for stable US trade relations after midterms, warning that uncertainty over Trump's tariff policies remainsDW
- कांग्रेसले भन्यो- वैधानिकताको आरोपको छानबिनका लागि तयार छौं, भ्रम र भयको शासन बन्द होस्Bizmandu
- U.S. midterm elections impact on India: Faster trade deal talks and higher tariffs likelyThe Hindu