धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल
Read the full story at Nagarik News

प्रदर्शनपूर्व नै विवादको घेरामा ताबनिएको चलचित्र ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। आफूलाई धार्मिक अभियन्ता बताउने कतिपय समूहले सनातन धर्मको उपहास गरेको र महाभारतकी पात्र द्रौपदीको छवि धुमिल बनाएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए। सञ्चार मन्त्रालयमै पुगेर प्रदर्शन रोक्न ज्ञापनपत्र बुझाउनेसम्मका कसरत भए। अनेकौं विवाद, दबाब र सामाजिक सञ्जालको बहसलाई छिचोल्दै चलचित्र दर्शकमाझ आएको छ। धार्मिक विवादको खोल ओढाइएको यो चलचित्रभित्र आखिर के छ ?
के चलचित्र साँच्चै विरोध गरिएजस्तै सनातन धर्मविरोधी छ वा प्रचारबाजीका लागि रचिएको कृत्रिम लफडा मात्रै ? कमेडी, मिस्ट्री थ्रिलर र समसामयिक सामाजिक विषयवस्तुको सम्मिश्रण भनिएको ‘पाँच पाण्डव’ को उठान पौराणिक पात्र युधिष्ठिरबाट हुन्छ। स्वर्गलोक छाडेर पाण्डुपुत्र युधिष्ठिर आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीलाई खोज्दै कलियुगको धर्तीमा आइपुग्छन्। चलचित्रको औपचारिक कथा यही बिन्दुबाट सुरु हुन्छ। तर, कथा पौराणिक मात्र छैन।
आधुनिक समाजको यथार्थसँग जोडिन्छ। कथाको केन्द्रमा छिन् कविता उर्फ् इभा गिरी। उनी एक क्यासिनो डान्सर हुन्। बाहिरबाट हेर्दा क्यासिनोको चकाचौंध र ग्ल्यामरमा रमेकी देखिए पनि कविता भित्रभित्रै डर, त्रास र असुरक्षाको भुमरीमा बाँचिरहेकी छन्।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar