ब्रह्मयोगमा अन्तर्वीणा
Read the full story at Nagarik News

बेलाबेलामा हामीले जसरी सहयोगको अपेक्षा गरिरहेका हुन्छौं, त्यस्तै अरूले पनि सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। अरूलाई सहयोग गर्नु अध्यात्मको महत्त्वपूर्ण आयाम हो । सहयोगको भावना हाम्रो चेतनाको विकासका लागि पनि शुभ हुन्छ । शारीरिक: यसमा वास, गास अनि कपासको आवश्यकता हुन्छ। यो अति आवश्यक कुरा हो। यसको अभावमा जीवन चलाउन गाह्रो हुन्छ। मानसिक: यसमा शान्ति, सुरक्षा, सहयोग, सम्मान र स्वास्थ्यको कामना हुन्छ।
जीवनका लागि यो पनि आवश्यक छ। आध्यात्मिक: यसमा परमशान्ति, आन्तरिक आनन्द अनि परमसत्यको कामना आउँछ। सामान्य भाषामा यसलाई मोक्ष पनि भनिन्छ। पूरै विश्वमा सनातन धर्ममा मात्र मोक्ष प्राप्तिका लागि प्रयास गरिन्छ। हामी सबै आआफ्नो क्षमता र कर्मअनुसार यस जीवनका आवश्यकताहरूलाई कम वा बढी पूरा गर्दै जीवनयात्रा गर्दै जान्छौं तर हामीले सरल र सन्तुलित जीवन नै जिउनुपर्छ। पहिलो र दोस्रो आवश्यकता धेरै उपयोगी र आवश्यक छन्। जसरी पनि यसलाई प्राप्त गर्नुपर्छ।
यसको प्राप्तिको क्रममा धैर्य वा इमानदारी राखिएन भने मानिस असत्यको बाटोमा लागिहाल्छ। यस्तो गलत कार्यले जीवनलाई झन् कठिन स्थितिमा पुर्याउँछ। तेस्रो आवश्यकता अन्तिम र प्रमुख आवश्यकता हो। यसलाई प्राप्त गर्नका लागि केही खास गर्नुपर्दैन। जसले पनि यसलाई प्राप्त गर्न सक्छ। शिक्षा, जाति, उमेर, धर्म वा स्थानसँग यसको सम्बन्ध छैन।
In English
Inner Veena in Brahma Yoga
The necessities of human life are divided into three parts: physical, mental, and spiritual. Physical necessities include shelter, food, and clothing, while mental necessities involve the desire for peace, security, and respect. Spiritual necessity, or moksha, is the ultimate and primary goal of life, for which there is no limit to education or religion; only faith and dedication are required. To defeat enemies such as work, anger, greed, attachment, and envy in life, one must have an awareness of death. Forgiveness, compassion, and ego help in the development of relationships and personality. The tendency to complain hinders progress, so it must be abandoned. The practice of meditation helps in developing these qualities and understanding the mystery of life. Daily meditation for 14 minutes, which involves chanting Om for 7 minutes and remaining silent for 7 minutes, is considered an effective method for this.
Machine translation — the original above is the story as filed.
More politics
- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमाNepal Khabar
- ‘अपरेसन सिन्दूर’पछि पहिलोपटक भारत भ्रमण गर्दै पाकिस्तानी मन्त्रीNepal Khabar
- डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमाNepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?Nepal Khabar
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहNepal Khabar