प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
Read the full story at Thaha Khabar

रसुवाः समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ। आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो।
स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिने भएकाले स्थानीय मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम पनि आमाछोदिङ्मो राखिएको हो। कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ रहेको यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो। पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहारमात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो। उनले भनिन्, ‘यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ। तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ।
More environment
- सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)Nepal Khabar
- हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्काNepal Khabar
- हिजो तोलामा १३ हजार ३ सय बढेको सुनको मूल्यमा आज फेरि पहिरो, चाँदी पनि सस्तियोNepal Khabar
- Architecture students learn practical challenges of urban planning at DULT Monsoon Design Studio 2026The Hindu
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्नेOnlinekhabar (Nepali)
- Air quality of Delhi worsens, many parts reel under ‘severe’ level air pollutionThe Hindu