त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।
यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन ।
सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता सिर्जना हुने गरेको थियो । नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ । यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ ।
More environment
- सुदूरपश्चिम, मधेसलाई बेवास्ता गरेर चितवनलाई मात्र प्राथमिकता दिने पक्षमा म छैन : रवि लामिछाने (भिडिओ)Nepal Khabar
- हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्काNepal Khabar
- हिजो तोलामा १३ हजार ३ सय बढेको सुनको मूल्यमा आज फेरि पहिरो, चाँदी पनि सस्तियोNepal Khabar
- Bailey bridges in flood-prone areas could be dangerous, says Department of Roads chiefOnlinekhabar English
- Architecture students learn practical challenges of urban planning at DULT Monsoon Design Studio 2026The Hindu
- 4.2-magnitude earthquake hits HumlaOnlinekhabar English