Skip to main content
राजनीतिNagarik News

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

Read the full story at Nagarik News

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई दिइने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा नबुझ्न आग्रह गरे। उनले यस्ता गतिविधि पार्टीभित्रको बलियो आन्तरिक लोकतन्त्रको अभ्यास भएको दाबी गरे।

सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको बताउँदै उनले जनताको जीवनमा परिवर्तन ल्याउने जिम्मेवारी रास्वपाको काँधमा रहेको उल्लेख गरे। लामिछानेले मधेशका जनताले अहिलेको जनमतबाट परिवर्तनको अनुभूति गर्न नपाए आगामी निर्वाचनमा आफू भोट माग्न नआउने चेतावनी दिए। जनतालाई झुक्याउने राजनीतिक चरित्र आफूहरूलाई स्वीकार्य नहुने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको विश्वासमाथि धोका नदिन निर्देशन दिए।

उनले सरकारको आलोचनालाई सकारात्मक रूपमा लिँदै लोकतन्त्रमा बहस र आलोचना स्वाभाविक प्रक्रिया भएको बताए।