क्यासलेस सेवा नहुँदा नागढुंगा सुरुङमार्गमा आधा घण्टासम्म जाम, स्वचालित भुक्तानी कहिलेबाट?
Read the full story at Bizmandu
काठमाडौं। क्यासलेस सेवा सुरु नहुँदा नागढुंगा-नौबिसे सुरुङमार्गमा गाडीको लामो लाइन लाग्न थालेको छ। आइतबारदेखि शुल्क (टोल ट्याक्स) संकलन सुरु भएका स्वचालित भुक्तानी प्रणाली नहुँदा आधा घण्टासम्म लाइन लाग्नुपर्ने अवस्था निम्तिएको छ। नगद र क्यूआरबाट शुल्क तिर्दा समय धेरै लागेका कारण गाडी जाम हुन थालेको हो। सुरुङमार्गमा स्वचालित प्रणालीमार्फत शुल्क संकलन गर्ने एन-ट्याग कार्ड संचालनमा नआउँदा यात्रुले सास्ती भोगेका हुन्।
बिहान ७ देखि ९ बजेको समयमा आधा घण्टासम्म जाम बस्नुपर्ने भएपछि कतिपय सवारी सुरुङमार्गबाट डाइभर्ट भएर पुरानै बाटो हिंड्न थालेका छन्। एन-ट्याग कार्ड चलाउन ८ वटा बैंकलाई जिम्मा दिइए पनि अहिलेसम्म उनीहरुले परीक्षणको चरणमै रहेको बताएका छन्। नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्गमा क्यासलेस सुविधा नहुँदा समस्या भइरहेको स्वीकार गरे। ‘हामीले क्यासलेस गर्न एन-ट्याग कार्ड जारी गरेका छौं। अहिले सबै सवारीसाधनसँग त्यस्तो एन-ट्याग कार्ड उपलब्ध छैन।
अहिले फिजिकल रुपमा टोल संकलन गर्नु परिरहेको छ। जसले गर्दा पिक आवरमा ट्राफिकको समस्या भइरहेको हो,’ उनले बिजमाण्डूसँग भने। बिहान ७-९ बजेको समयमा धेरै ट्राफिक जाम भइरहेको छ। क्यास र क्यूआर मात्रै लागू गरिएकोले समस्या भएको नेपालले स्वीकार गरे। ‘अहिले एक जनालाई १५/२० सेकेन्डसम्म समय लाग्ने गरेको छ।
More business
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- Hackers target France’s blood bank freezers, reprogram storage to 110°CThe Hindu