रि-इन्स्योरेन्स कम्पनीले बढाए सेयर बजार सूचक, ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार
Read the full story at Bizmandu
काठमाडौं। कारोबार खुलेदेखि उकालो लागेको सेयर बजार अन्तिममा उही विन्दुमा फर्किएको छ। नेप्से परिसूचक बुधबार १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ। नेप्से अपराह्न सवा २ बजे २६८५ अंकमा पुगेको थियो। कारोबारमा आएका लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। अन्य उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ।
सरकारको लगानी रहेको नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किट लागेको छ। हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशतले बढेको छ। दुई वटै रिइन्स्योरेन्स कम्पनीले अन्य उपसमूह उचालेका हुन्। सरकारले नेपाल रिमा हकप्रद सेयरबापत लगानी गर्ने भएसँगै कम्पनीमा बुधबार एकाएक पोजेटिभ सर्किट लागेको हो। यसको प्रभाव हिमालयन रिमा समेत परेको छ। बुधबार सेयर कारोबार रकम पनि बढेको छ।
मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। स्वेत गंगा हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै घोराही सिमेन्टको ५१ करोड २४ लाख, हिमालयन रिको ३६ करोड र नेपाल रि-इन्स्योरेन्सको ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
More business
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानीसँग जोडेर अर्थतन्त्रको आधार बनाउनुपर्छ : विराजभक्त श्रेष्ठBizmandu