Skip to main content
समाजOnlinekhabar (Nepali)

परदेशी दाइलाई सम्झिएको देउसी-भैलो बन्यो यो वर्ष धेरै हेरिएको तिहार गीत

Read the full story at Onlinekhabar (Nepali)

परदेशी दाइलाई सम्झिएको देउसी-भैलो बन्यो यो वर्ष धेरै हेरिएको तिहार गीत

२४ कात्तिक, काठमाडौं । यस वर्षको सबैभन्दा धेरै हेरिएको तिहार गीतमा ‘ चलेको रीति ‘ परेको छ। सञ्चारकर्मी कमल सरगम र सुस्मिता विश्वको उक्त गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै १६ लाख बढी दर्शकले रुचाएका छन्।

गीतमा कमल सरगमको शब्द रहेको छ भने चर्चित गायक राजु परियारको लय छ। गीतमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजु परियार, बद्री पंगेनी, गायिकाहरू एलिना चौहान, शिला आले, रिता थापा मगर, खुमन अधिकारी, दीपिका बोहेम्बु मगर, कमल सरगम र सुस्मिता विश्वलगायतका कलाकारहरूको स्वर रहेको छ। ‍यस गीतको सबैभन्दा चर्चित पक्ष गायिका एलिना चौहानले गाएको वियोगान्त भावको अंश बनेको छ।

जसमा आफ्ना दाइ परदेशमा रहेका कारण तिहारमा चेलीको हात खाली भएको र चाडपर्वमा परिवारसँगै हुन नपाएको पीडालाई समेटिएको छ। डेढ दशकदेखि लोकदोहोरी क्षेत्रमा आफ्नो आवाज र प्रस्तुतिमार्फत सक्रिय रहँदै आएकी गायिका सुस्मिता विश्वले यस वर्ष पनि देउसी–भैलो गीतमार्फत नेपाली दर्शकमाझ उपस्थिति जनाएकी हुन्। उनले गत वर्ष पनि देउसी–भैलो गीत सार्वजनिक गरेकी थिइन्।