अन्ताल्यामा नेपालको नतिजाविहीन बाक्लो भेला
Read the full story at Ratopati

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको जम्बो टोली कूटनीतिक रूपमा असफल देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत दर्जनौँ मन्त्री र सांसदसहितको टोलीले जलवायु न्याय र पर्वतीय क्षेत्रका लागि छुट्टै कार्यसूचीको प्रस्ताव राखे पनि पूर्वतयारी र लबिइङको अभावमा पहिलो दिन नै खारेज भएको छ।
विकसित राष्ट्रहरूले कानुनी दायित्वको डरले उक्त प्रस्तावमा भिटो प्रयोग गरेका थिए। सम्मेलनमा नेपालले पाएको २० मिलियन अमेरिकी डलरको अनुदान पाँच अर्ब डलरभन्दा बढीको क्षति अगाडि अत्यन्त न्यून छ। नेपाली टोलीले पेभिलियन उद्घाटन र औपचारिक भाषणमा मात्र समय बिताएको भन्दै आलोचना भएको छ।
सम्मेलन अध्यक्षले जर्मनीमा दुईवटा अनुसन्धान संवाद आयोजना गर्ने आश्वासन दिए पनि नेपालले विश्व मञ्चमा गम्भीर कूटनीतिक धक्का बेहोर्नुपरेको छ।
In English
Nepal's unproductive large gathering in Antalya
Nepal's jumbo delegation at the ongoing 31st United Nations Climate Change Conference (COP-31) in Antalya, Turkey, has appeared diplomatically unsuccessful. Despite the team, including Foreign Minister Shishir Khanal, Finance Minister Dr. Swarnim Wagle, and dozens of ministers and parliamentarians, proposing a separate agenda for climate justice and the mountain region, it was rejected on the very first day due to a lack of preparation and lobbying. Developed nations exercised their veto on the proposal out of fear of legal liability. The 20 million US dollars grant received by Nepal at the conference is extremely low compared to the damage of over 5 billion dollars. The Nepali delegation has been criticized for spending time only on pavilion inaugurations and formal speeches. Although the conference president has assured to organize two research dialogues in Germany, Nepal has had to face a serious diplomatic setback on the global stage.
Machine translation — the original above is the story as filed.
More politics
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन: महेश बस्नेतNepal Khabar
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar