पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
Read the full story at Ratopati

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनीDC Nepal
- Air quality very poor in city; IIT Delhi records highest AQI of 428The Hindu
- Nepal, GGGI discuss expanding cooperation in climate finance and green developmentOnlinekhabar English
- जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोडRatopati