गगनको ‘इनम विवाद’मा देउवाको पनि प्रश्न
Read the full story at Nepal Khabar

विचौलिया इनम सापाकोटाको कुराकानीलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापामाथि लागेको आरोपबारे निर्वमान सभापति शेरबहादुर देउवाले पनि प्रश्न गरेका छन्। शनिबार काठमाडौंमा आयोजिन आफ्नो पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टी आधिकारिकताका विषयमा टिप्पणी गरेका हुन्। उनले निर्वाचन आयोगले निष्पक्ष भएर निर्णय नगरेको आरोप लगाए। उनले निर्वाचन आयोगका तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भनेका कुरा सम्बोधनका क्रममा सुनाए। 'निर्वाचन आयोगमा पनि मुद्दा हालेका थियौं तर निर्वाचनका आयोगका प्रमुखले मेरो ज्यानमा खतरा भएकाले दियौं भनेर बोलेका छन्,' देउवाले भने।
उनले भण्डारीको भनाइमा पनि प्रश्न गरे। त्यसमा आर्थिक चलखेल भएको आरोप लगाए। ' जानकी तुलाधर नडराउने, ऊ डराउने कहिँ हुन्छ?,' देउवाले थपे, 'पैसामा किनिदिएको छ, पैसामा। थाहा भइहाल्यो। ' कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएका गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो।
आयोगले बहुमतका आधारमा निर्णय गरेको थियो। तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त सगुन शमेशर राणाले थापालाई नेतृत्वको आधिकारिकता दिने निर्णय गरेका थिए भने निर्वाचन आयुक्त जानकी तुलाधरले सहमति जनाएकी थिइन्। त्यसैलाई देउवाले उल्लेख गरेका हुन्।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar