Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

Read the full story at Onlinekhabar (Nepali)

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

समुदायको हितका लागि करिब ४ अर्ब रकम जुटाइदिएका आचार्य चैतन्यकृष्णकै नेतृत्वमा अहिले उत्तरवाहिनी क्षेत्रमा दामोदर रजत उत्सव तथ सद्भाव महामेला चलिरहेको छ, जहाँ ८ मंसिरसम्म लाखौं भक्तजन आउने आकलन छ । २९ कात्तिक, बुटवल । पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ ।

पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई उत्तरवाहिनी आध्यात्मिक पर्यटन गन्तव्य बनाउने अभियानको नेतृत्व प्रतिष्ठानका संस्थापक आचार्य चैतन्यकृष्णले गरिरहेका छन् । २०५९ सालदेखि निरन्तर धार्मिक गतिविधि सञ्चालन हुँदै आएको यो क्षेत्रको योजनाबद्ध विकासका लागि चैतन्यकृष्णले ११ वर्षअघि प्रतिष्ठान नै स्थापना गरेर पूर्वाधार निर्माण र धार्मिक गतिविधि बढाएका छन् । उत्तरवाहिनीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उनको लक्ष्य छ ।

भारत बनारसमा भागीरथी गंगा नदी करिब डेढ किलोमिटर उत्तरवाहिनी भएर बगेका कारण त्यो क्षेत्र विश्वप्रसिद्ध धार्मिक गन्तव्य बनेको छ ।