Skip to main content
अर्थतन्त्रRatopati

कर्णालीले गुमायो सातौँ विकेट

Read the full story at Ratopati

कर्णालीले गुमायो सातौँ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको छ । कर्णालीका मार्क वाट ६ रन बनाएर आउट भए ।

उनलाई उसामा मिरले ड्यान माउज्लीको हातबाट क्याच गराएका हुन् । उसामाको यो व्यक्तिगत दोस्रो विकेट हो । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ३५ रन बनाए । हुसेन तलात ३१ रनमा अविजित छन् भने गुल्सन झाले तीन बलमा ११ रन बनाएका छन् ।

चितवनका कमल ऐरी र सलाहुद्दिन खानले दुईदुई तथा उसामा मिरले दुई विकेट लिएका छन् । सिकन्दर राजाले एक विकेट हात पारेका छन् ।