Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन

Read the full story at Onlinekhabar (Nepali)

कफी विथ करण ९ : अनन्या पाण्डेले गरिन् आफ्ना सबै पूर्वप्रेमीलाई फोन

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नवौँ सिजनको आगामी भागमा अनन्या पाण्डे र अनन्या बिड्ला एकसाथ देखिने भएका छन् । कार्यक्रममा उनीहरूले करणका रमाइला प्रश्नको जवाफ दिनुका साथै एकअर्कासँग जोडिएका केही रहस्य पनि खोलेका छन् । शनिबार कार्यक्रम सञ्चालक करण जोहरले आगामी भागको प्रोमो सार्वजनिक गरेका थिए । प्रोमोमा दुवै अनन्या रमाइलो गर्दै एकअर्कासँग ठट्टा गरेको देख्न सकिन्छ। प्रोमोमा अनन्या पाण्डेले आफूलाई आफ्नो जस्तै नाम भएका मानिस मन नपर्ने बताउँछिन् । तर अनन्या बिड्ला भने यसको अपवाद रहेको उनको भनाइ छ ।

कार्यक्रमको एउटा खण्डमा करणले पाहुनालाई आफ्ना सेलिब्रेटी साथीलाई फोन गरेर ‘हे करण, म बोल्दै छु’ भन्न लगाउँछन् । यस क्रममा अनन्या पाण्डेले आदित्य रोय कपुरलाई फोन गर्ने प्रयास गर्छिन् । तर फोन भने कार्तिक आर्यनले उठाउँछन् । यही क्रममा अनन्या बिड्लाले ठट्टा गर्दै अनन्या पाण्डेले आफ्ना सबै पूर्वप्रेमीलाई पालैपालो फोन गरिरहेको बताउँछिन् । उनको कुरा सुनेर करण जोहर हाँस्न थाल्छन्। कार्यक्रममा शनाया कपुरको उपस्थितिले थप रमाइलो बनाएको छ ।

कार्यक्रममा उनीहरूलाई एउटा चुनौती दिइन्छ । बोर्डरुम र बेडरुम दुवै ठाउँमा मिल्ने एउटा वाक्य बनाउनुपर्ने हुन्छ । त्यस्तै, अनन्या बिड्लाले आफ्नो परिवारको एउटा फरक बानीबारे पनि खुलासा गर्छिन् । उनका अनुसार बिड्ला परिवारसँग जोडिएको एउटा कुरा उनीमा छैन ।