Skip to main content
अर्थतन्त्रBizmandu

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२% सम्पन्न, आगामी वैशाखसम्म सक्ने लक्ष्य

Read the full story at Bizmandu

गण्डकी। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। विद्युतीय तार भूमिगत गर्न प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ।

पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए। प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। पोखरा-१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ।

त्यस्तै, सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको जानकारी उनले दिए। लेकसाइडका भित्री सडकमा समेत तार बिछ्याइसकिएको र अब विद्युत् प्रवाह गर्न मात्र बाँकी छ।