दुई दिन स्थिर रहेर घट्यो अमेरिकी डलर, कोरियन वोनको मूल्यमा बढोत्तरी, सुन पनि घट्यो
Read the full story at Bizmandu
काठमाडौं। दुई दिनको स्थिरतापछि बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ। सँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङ पनि घटेका छन्। यसअघि डलर स्थिर रहँदा युरो र पाउण्डको मूल्यमा बढोत्तरी थियो। सुनको कारोबार मूल्यमा गिरावट छ। खाडी क्षेत्रका मुलुकहरुको मुद्राको भाउ पनि स्थिर छ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ६१ पैसा र बिक्री दर १५० रुपैयाँ ६१ पैसा भएको छ। यसअघि खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा थियो, जुन मंगलबार र बुधबार कायम थियो। त्यसअघि सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो। अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य २३.५६ डलरले घट्दै प्रति औंस ३९९९.३२ डलर भएको छ। चाँदी भने ०.५४ डलरको झिनो बढोत्तरीसँगै प्रति औंस ५१.७६ डलरले कारोबार भइरहेको छ। युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ६४ पैसा र बिक्री दर १६७ रुपैयाँ ३० पैसा भएको छ।
बुधबार खरिद दर १६८ रुपैयाँ ४१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८ पैसा थियो। त्यसअघि मंगलबार खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर पनि घटेर १९९ रुपैयाँ ३६ पैसा र बिक्री दर २०० रुपैयाँ १६ पैसा भएको छ। बुधबार खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्री दर २०२ रुपैयाँ २२ पैसा भएको थियो।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- एनपीएल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै, प्लेअफ समीकरण रोमाञ्चक बन्दैDC Nepal
- वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्योNagarik News
- जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारीOnlinekhabar (Nepali)
- Nvidia shares plunge amid reports board to discuss CEO Huang’s futureAl Jazeera
- सोनमाका ७७ कर्मचारीलाई साइकलOnlinekhabar (Nepali)