Skip to main content
राजनीतिNagarik News

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

Read the full story at Nagarik News

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा कमजोरी हुँदा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलगायत जोखिममा रहेका धेरैको जीवनरक्षा गर्न नसकिएको सरोकारवालाले बताएका छन्। ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम ‘राइजिङ फ्रम द रोअर’ मा बोल्दै अपांगता अधिकारकर्मी रमेश पोखरेलले सरकारले अपांगता भएका व्यक्तिलाई विपद् पूर्वतयारीको प्रक्रियामा स्थानीय तहसम्म प्रभावकारी रूपमा जोड्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए। राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार उक्त विपद्मा परी अपांगता भएका १३ जनाको मृत्यु भएको छ भने १८ जना हालसम्म बेपत्ता छन्।

युनिसेफका अनुसार चार जिल्लामा एक हजार ८५४ जना अपांगता भएका व्यक्ति प्रभावित भएका छन्। पोखरेलले विपद् पूर्वतयारीका क्रममा अपांगता भएका व्यक्तिको जीवनरक्षाका लागि स्थानीय तहसम्म आवश्यक संयन्त्र नहुनु र तथ्यांक व्यवस्थापनमा सरकार कमजोर हुनुका कारण विपद्पछि राहत तथा सहयोग वितरणमा समेत समस्या देखिएको बताए। ‘अपांगता भएका व्यक्तिले सामान्य सूचना ग्रहण गर्न पनि कठिनाइ हुन्छ,’ उनले भने, ‘यसकै कारण विपद्मा उनीहरूले बढी क्षति व्यहोर्नुपरेको देखियो।

’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भने विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए।