Skip to main content
राजनीतिNagarik News

इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ

Read the full story at Nagarik News

इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ। कीर्तिपुरमा जारी डे-नाइट खेलमा इमरान शेख २९ बलमा १ छक्कासहित २४ रन बनाएर ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिएपछि चरिथ असलङ्काले विराटनगरको इनिङ्स सम्हालेका छन्। असलङ्का २६ बलमा १ चौका र ३ छक्काको मद्दतले ३२ रन बनाएर अविजित छन् भने उनलाई क्रिजमा ४ बलमा २ रन बनाएका शुभम रञ्जनेले साथ दिइरहेका छन्।

यसअघि विराटनगरले ४.४ ओभरमा ३३ रन जोड्दा पहिलो विकेटका रूपमा ओपनर तथा विकेटकिपर लोकेश बमलाई गुमाएको थियो। बम १७ बलमा २ चौकासहित १५ रन बनाएर किशोर महतोको बलमा विकेटकिपर डिकवेलाबाट क्याच आउट भए । विराटनगरले अतिरिक्तबाट १० रन प्राप्त गरेको छ।

लुम्बिनीका लागि किशोर महतोले २ ओभरमा मात्र ४ रन खर्चिएर १ विकेट लिएका छन्। यस्तै, रोहित पौडेलले १ ओभरमा ३ रन, अभिषेश गौतमले २ ओभरमा ८ रन, शेर मल्लले २.४ ओभरमा १५ रन र डार्सी सर्टले १ ओभरमा ९ रन दिए। रुबेन ट्रम्पेलम्यान र अली शेखले समान २-२ ओभरमा २०-२० रन खर्चिए।