एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षा
Read the full story at Ratopati

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारपछि नेता तथा कार्यकर्तामा छाएको निराशा र संगठनात्मक अराजकता चिर्न मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेको छ । संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राख्दै आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको एमालेले जनाएको छ ।
भेलाको तयारीबारे छलफल गर्न शुक्रबार पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा राष्ट्रिय भेला व्यवस्थापन समितिको बैठक बसेको छ । दुईदिने भेलाको अगुवाइ एमाले संगठन विभागले गर्नेछ । एमाले सचिवसमेत रहेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘भेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘भेलामा करिब तीन हजारभन्दा बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुनेछन् । ’ ‘यो भेलापछि नेकपा एमालेमा उत्साह पैदा हुन्छ, सांगठानिक काम गराइ र बुझाइमा पनि एकरूपता थपिन्छ भन्ने हाम्रो विश्वास छ’, सचिव ढकालले भने, ‘भेलापछि पार्टीको लोली र बोली एउटै हुन्छ । ’ यसका साथै आगामी स्थानीय तह निर्वाचन नजिकिँदै गएकाले स्थानीय तहमा पार्टीबाट निर्वाचित प्रमुखहरूलाई समेत भेलामा सहभागी गराएर पार्टीको ग्राउन्ड लेभलको अवस्था बुझ्न सहज हुने एमालेको भनाइ छ ।
More business
- नेपाल एसबीआई बैंकको लाभांश घोषणाOnlinekhabar (Nepali)
- Rupee rises 7 paise to 94.05 against U.S. dollar in early tradeThe Hindu
- एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेनRatopati
- सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्योBizmandu
- युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रहNagarik News
- सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १८.४२ प्रतिशत प्रतिफल दिनेBizmandu