युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह
Read the full story at Nagarik News

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गरेका छन्। युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।
पूर्वअध्यक्ष ढकालको निजी सचिवालयका अनुसार उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो। फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकामा त्यसको प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि प्रयास गर्न अनुरोध उनले अनुरोध गरे।
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेनRatopati
- सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्योBizmandu
- अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचानNagarik News