एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेन
Read the full story at Ratopati

वासिङ्टन । अमेरिकी प्रविधि कम्पनी एनभिडियासँग जोडिएर चर्चामा आएकी सिंगापुरस्थित व्यवसायी एलिस हुआङ चिनियाँ जासुस हुन् वा होइनन् भन्ने विषयमा अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुगेको छैन । अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले बिहीबार यसबारे स्पष्ट पार्दै एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको पुष्टि नभएको बताएका छन् ।
पत्रकार सम्मेलनमा एलिसमाथि लागेको चिनियाँ जासुस भएको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिँदै ब्लान्चले आफूले त्यस्तो कुनै दाबी नगरेको बताए । उनका अनुसार न्याय विभाग, उनी स्वयं वा एफबीआई निर्देशक काश पटेल कसैले पनि एलिसको भूमिकाबारे अन्तिम निष्कर्ष निकालेका छैनन् । एलिस चिनियाँ सरकारको निर्देशनमा काम गरिरहेकी थिइन् वा चिनियाँ गुप्तचर निकायसँग उनको सम्बन्ध थियो भन्ने विषय अझै अनुसन्धानकै क्रममा रहेको उनले स्पष्ट पारे ।
अमेरिकी न्याय विभागले सिंगापुरस्थित डेटा कम्पनी मेगास्पिडको गतिविधिमाथि अनुसन्धान गरिरहेको पनि ब्लान्चले जानकारी दिएका छन् । अमेरिकी वाणिज्य विभागसँगको सहकार्यमा भइरहेको अनुसन्धानमा मेगास्पिडले एनभिडियाका अत्याधुनिक चिप खरिद गरेर चीन पठाएको हुन सक्ने आशङ्का गरिएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षा संवेदनशीलताका कारण चीनमा उन्नत एआई प्रविधिमा प्रयोग हुने चिपको निर्यातमा कडा नियन्त्रण लगाउँदै आएको छ ।
More business
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षाRatopati
- सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्योBizmandu
- अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचानNagarik News