Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)3 outlets covering

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

Read the full story at Onlinekhabar (Nepali)

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा बोनस सेयर ३.४० प्रतिशत तथा नगद लाभांश करसहित ४.८५ प्रतिशत रहेको छ । यो लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रदान गरिने बैंकले जनाएको छ । योसहित हालसम्म १२ वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।

यीमध्ये ४ बैंकको मात्रै बुक क्लोज हुन बाँकी छ, अर्थात् अब सेयर खरिद गर्दा यी ४ बैंक नेपाल एसबीआई, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड तथा एनएमबी बैंकको लाभांश लिन तथा साधारणसभामा सहभागिता पाइनेछ।