वैदेशिक रोजगारीमा जाने करिब ७० प्रतिशत अदक्ष छन्
Read the full story at Ratopati

नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण हो भन्नेमा दुईमत छैन । मुलुकको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा विप्रेषणकै छ । यद्यपि लामो समयदेखि नेपालको वैदेशिक रोजगारी केही सीमित परम्परागत गन्तव्यमा मात्र खुम्चिएको छ । न्यून पारिश्रमिक, कठोर श्रम र विभिन्न जोखिमका बिच काम गर्नुपर्ने बाध्यता छ । त्यसैले अब वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उच्च प्रतिफलमुखी बनाउनुपर्ने टड्कारो आवश्यकता छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले अब पुराना र परम्परागत गन्तव्यको विकल्प खोजिरहेको छ । नयाँ, आकर्षक र सुरक्षित श्रम गन्तव्यतर्फ नेपाली श्रमिक पठाउने नीति अख्तियार गरेको छ । सरकार अब श्रमिकले उचित मूल्य पाउने, मानव अधिकारको प्रत्याभूति हुने र श्रमको सम्मान हुने विकसित मुलुकहरूसँग श्रम सम्झौता गरेरमात्र अगाडि बढ्ने पक्षमा छ । आम मानिस र कतिपय व्यवसायीमा सरकारले नयाँ गन्तव्य मुलुक नखोलेको भन्ने गुनासो सुनिन्छ, तर सरकारले हाल संस्थागत र व्यक्तिगत गरी दुई तरिकाले श्रम स्वीकृत दिने गरेको छ । जसमा अहिलेसम्म ११० वटा देशमा सरकारले श्रम स्वीकृत गरेर वैदेशिक रोजगारीमा जान खुला गरेको छ ।
व्यक्तिगत रूपमा समेत गरेर वैदेशिक रोजगारीमा जानका लागि भने १७८ देश खुला गरिएको छ । सरकारको प्रणालीमा श्रमका लागि १७८ मुलुक खुला छन् । सरकारले प्रतिबन्ध लगाएका केही सीमित देशबाहेक अन्यत्र जान रोकतोक छैन ।
More business
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- एमाले राष्ट्रिय भेला : कार्यकर्ताको निराशा र संगठनात्मक अराजकता चिर्ने अपेक्षाRatopati
- एलिस हुआङ चिनियाँ जासुस हुन् कि होइनन् ? अमेरिकी न्याय विभाग अझै निष्कर्षमा पुग्न सकेनRatopati
- सुनचाँदीको मूल्यमा ४ प्रतिशतभन्दा धेरै गिरावट, सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ घट्योBizmandu