सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व
Read the full story at Nagarik News

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। साउन, भदौ र असोजमा ३८ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५२ करोड ९७ लाख १९ हजार रुपैयाँ उठेको हो। भन्सार कार्यालयका प्रमुख किरण विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ९१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलन ६१ प्रतिशतले वृद्धि भएको उनले बताए।
तीनवटै महिनामा भन्सारले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। असोजमा १४ करोड ४० लाख रुपैयाँ लक्ष्य रहेकामा २३ करोड २९ लाख ८० हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६१ प्रतिशत बढी हो। त्यस्तै, भदौमा १२ करोड ८० लाख रुपैयाँ लक्ष्य रहेकामा १७ करोड ३८ लाख ६८ हजार र साउनमा ११ करोड २० लाख रुपैयाँ लक्ष्य रहेकामा १२ करोड २८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सुठौली भन्सारलाई एक अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। गत आर्थिक वर्षमा कार्यालयले एक अर्ब ५५ करोड सात लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सार प्रमुख विष्टले क्वारेन्टाइन स्थापना, फलफूल तथा तरकारीसहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको आयात बढ्नुले राजस्व संकलनमा वृद्धि भएको बताए।
More business
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- Three ways the interest rate rise could affect youBBC