अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
Read the full story at Onlinekhabar (Nepali)

अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दैआएको छ । २४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको शिक्षक प्रकाश भुसालले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री भइसकेको छ । यसवर्ष तिहार केही ढिला परेका कारण फूलहरू भने केही हप्ताअघि नै फक्रिएका थिए । विद्यालयको पहुँचमा फूल सुरक्षित राख्न मिल्ने कोल्ड स्टोर नहुँदा समयमै बजार व्यवस्थापन गर्न कठिनाइ भएको शिक्षक भुसालले बताए । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल समयभन्दा अगाडि नै फक्रिएपछि केही सस्तो मूल्यमा भए पनि अन्य सहरमा पठाएर बिक्री गर्नुपरेको उनको भनाइ छ ।
विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दैआएको छ । विद्यार्थीहरूको मेहनतबाट उत्पादित फूलले बजार पाउन थालेपछि स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिएको छ ।
More society
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमाNagarik News
- Malaysian court clears final hurdle for former PM Najib Razak's transfer to house arrestThe Hindu