क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि
Read the full story at Nagarik News

प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् । उनले ७ चरणको खलमा ५ स्कोर गरे । समान अङ्क भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए । क्याटागोरी बीमा सिन्दिरा जोशी ५.५ अङ्क सहित पहिलो भइन् ।
सो स्पर्धामा समान अङ्क भएकी राधिका पौडेल दोस्रो भइन् । ५ अङ्क भएकी कुसुम घिसिङ तेस्रो भइन् । क्याटोगारी सीमा राजीव कार्की पहिलो भए । सो स्पर्धामा महेन्द्र कुमार साम्बाहाम्पे दोस्रो भए ।
क्याटोगोरीमा डिमा पदम कृष्ण श्रेष्ठ पहिलो भए । काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई काठमाडौँ २८ का अध्यक्ष भाइराम खड्गी, प्रतियोगिता निर्देशक इन्द्र बस्नेत, थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, पूर्व राष्ट्रिय च्याम्पियन नवीन तुण्डकार र मुख्य निर्णायक ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताए ।
More politics
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar