चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर आक्रमणको योजना रोकाइदिए। रिपोर्टका अनुसार इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारीहरू नेतान्याहुको यस योजनाको विपक्षमा थिए। आक्रमण गरेमा इरानले जवाफी प्रहार गर्न सक्ने, जसले गर्दा दुई देशबीच तनाव अझ बढ्ने र २७ अक्टोबरमा हुने चुनावसमेत टर्न सक्ने उनीहरूको आशङ्का थियो। अधिकारीहरूको असहमतिका बाबजुद नेतान्याहुले योजनामा काम जारी राखेका थिए।
च्यानल–१२ का अनुसार इजरायलका एक सुरक्षा अधिकारीले हतारमा यस्तो कदम चाले, जसबाट अमेरिकाले यस योजनाबारे थाहा पायो। ती अधिकारीले के कदम चालेका थिए भन्नेबारे भने स्पष्ट पारिएको छैन। यता, प्रधानमन्त्री नेतान्याहुको कार्यालयले यस समाचारलाई झुटो बताएको छ। इजरायली चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको कुरा प्रधानमन्त्रीले त्यतिबेलै स्पष्ट पारेको कार्यालयको भनाइ छ।
More politics
- साइग्रेसले विपन्नलाई भोजन खुवाएर मनाए जन्मदिनNepal Khabar
- काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्यNepal Khabar
- राशिफल २२ कात्तिक : वृषलाई प्रियजनबाट भ्रमणको प्रस्ताव आउने, तुलालाई उच्च व्यक्तित्वबाट प्रशंसा मिल्ने, तपाईँको के?Nepal Khabar
- यो सही समयमा हार हो: रोहित पौडेलNepal Khabar
- गगनको ‘इनम विवाद’मा देउवाको पनि प्रश्नNepal Khabar
- लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम, काठमाडौं ३६ रनले विजयीNepal Khabar