पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू-भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनीDC Nepal
- Air quality very poor in city; IIT Delhi records highest AQI of 428The Hindu
- Nepal, GGGI discuss expanding cooperation in climate finance and green developmentOnlinekhabar English
- जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोडRatopati