बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा
Read the full story at Onlinekhabar (Nepali)

कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको हो।
मानव बेचबिखनको सम्भावित जोखिम र असुरक्षित यात्राको अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र उद्देश्यबारे थप बुझ्नका लागि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका दुवै युवतीलाई आवश्यक जाँचबुझ तथा थप कारबाहीका लागि आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीको जिम्मा लगाइएको छ।
यद्यपि, उनीहरू भारत जानुको वास्तविक कारण र मानव बेचबिखनसँग सम्बन्धित कुनै ठोस जोखिम छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ र यसको पुष्टि हुन बाँकी रहेको छ।
In English
Two young women heading to India suspected of being at risk of trafficking detained at Gaddachauki
Two young women heading towards India from the Gaddachauki border point in Kanchanpur have been detained by the Armed Police Force. Eighteen-year-old Samjhana Sunar and 19-year-old Yashoda Sunar, both from Shanti Tole, Madhuwan Municipality-9, Bardiya, were stopped by police during a routine check. The Armed Police Force stated that they were detained to understand their safety and purpose, keeping in mind the potential risk of human trafficking and the nature of their unsafe travel. Both detained women have been handed over to Sunita Sinal, office coordinator of Maiti Nepal, and Police Sub-Inspector Bishwas Khatri of the Area Police Office, Gaddachauki, for necessary investigation and further action. However, the actual reason for their travel to India and whether there is any concrete risk related to human trafficking is still under investigation and remains to be confirmed.
Machine translation — the original above is the story as filed.
More politics
- Parties yet to announce Rajamahendravaram Mayor candidateThe Hindu
- रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरनाThaha Khabar
- रुसको अन्तरिक्ष अभियानमा निजी क्षेत्रको फड्को, दुई उपग्रह प्रक्षेपणRatopati
- Appointment orders issued for Principals of Government First Grade CollegesThe Hindu
- अन्तिम ओभरमा राम्रो गर्न सकेनौँ, ओस र फिल्डिङले पनि असर गर्यो : असलंकाRatopati
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहRatopati